मेस्सीले बार्सिलोनासँगको सम्झौता लम्ब्याउने, तलब कटौतीमा सहमत : स्रोत

काठमाण्डौ – अर्जेन्टिनी स्ट्राइकर लियोनल मेस्सीले स्पेनी क्लब बार्सिलोनासँग आफ्नो अनुबन्धन लम्ब्याउने तयारी गरेको एक रिपोर्टले दाबी गरेको छ । मेस्सीले सन् २०२६ सम्म बार्सिलोनासँगको अनुबन्धन लम्ब्याउने तयारी गरेको खेलकुदसम्बन्धी वेबसाइट गोलले जनाएको छ ।

यस्तै बार्सिलोनामा रहन मेस्सी महत्त्वपूर्ण पारिश्रमिक कटौतीका लागि सहमत भएको जनाइएको छ ।

बार्सिलोनासँगको २० वर्षे यात्रा समाप्त गर्न इच्छा देखाएपछि स्वतन्त्र रहेका मेस्सीले पेरिस सेन्ट जर्मेइन र म्यानचेस्टर सिटी क्लबमा रुचि देखाएका थिए । ३४ वर्षीय मेस्सीको बार्सिलोनासँगको पछिल्लो अनुबन्धन चार वर्षका लागि पाँच सय ९४ मिलियन डलरमा भएको थियो । त्यो सम्झौता गएको जुन ३० मा सकिएको थियो ।

यद्यपि जोन लापोर्टा गएको मार्चमा बार्सिलोनाका अध्यक्ष भएपछि मेस्सीले क्याम्प नाओमा बसिरहन इच्छा देखाएका थिए । आउँदा दिनमा आधिकारिक घोषणा आउने अपेक्षा गरिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्