दक्षिण अफ्रिकामाथि आयरल्यान्डको ऐतिहासिक जित

काठमाण्डौ – घरेलु टिम आयरल्यान्डले दोस्रो एक दिवसीय क्रिकेटमा दक्षिण अफ्रिकालाई ४३ रनले हराएको छ । यससँगै आयरल्यान्डले पहिलो पटक एक दिवसीय क्रिकेटमा दक्षिण अफ्रिकालाई हराएको हो । डुब्लिनमा आयरल्यान्डले दिएको २ सय ९१ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गरेको दक्षिण अफ्रिका ४८ ओभर ३ बलमा अलआउट हुँदै २ सय ४७ रनमा समेटियो ।

दक्षिण अफ्रिकाका लागि जानिमन मालनले ८४ रनको अर्धशतकीय इनिङ्ग पारी खेले । रस्सी भान डेर डुसेनले ४९ रन र डेभिड मिलरले २४ रन बनाए । दक्षिण अफ्रिकालाई सस्तैमा समेट्न मार्क एडिर, जोस लिटल, एन्डी म्याकब्रिनेले २÷२ विकेट लिए । यसअघि टस हारेर पहिला ब्याटिङ गरेको आयरल्यान्डले ५० ओभरमा ५ विकेट गुमाएर २ सय ९० रन बनाएको थियो ।

आयरल्यान्डका कप्तान एन्डी बलब्रिनेले १ सय २ रनको शतकीय पारी खेले । त्यस्तै ह्यारी टेक्टरले ७९ रनको अर्धशतकीय पारी खेले । दक्षिण अफ्रिकाका एन्डिले फेहलुकवयोले २ विकेट तथा कागिसो रबाडा, तबरेज शाम्सी र केशव महाराजले एक÷एक विकेट लिए । तीन खेलको श्रृङ्खलामा आयरल्यान्डले १–० को अग्रता बनाएको छ । दुई टिमबीचको तेस्रो तथा अन्तिम एक दिवसीय शुक्रवार हुनेछ । वर्षाको कारण पहिलो खेल रद्द भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्