शेयरबजार १६ अङ्कले बढ्यो, साढे पाँच अर्ब रुपैयाँको कारोबार

काठमाण्डौ – शेयर बजार परिसूचक नेप्से आज दोहोरो अङ्कले बढेको छ । जीवन बीमाबाहेक अरु सबै समूहको शेयर बढेपछि नेप्से १६ दशमलव ३४ अङ्कले बढेर दुई हजार आठ सय ७१ दशमलव शून्य तीन बिन्दुमा पुगेको छ ।

आज बैंकिङ्ग समूहको शेयर १४ अङ्कले विकास बैंक समूहको शेयर ७० अङ्कले, व्यापारको आठ, होटलको १९, उत्पादनको पाँच र अन्य समूहको शेयर आठ अङ्कले बढेको छ । यस्तै जलविद्युत समूहको शेयर १४ अङ्कले, फाइनान्सको ९३ अङ्कले, माइक्रोफाइनान्सको ३४ अङ्कले र निर्जीवन बीमा समूहको शेयर १४ अङ्कले बढेको छ । दुई सय २३ कम्पनीका एक करोड २३ लाख कित्ता शेयर पाँच अर्ब ५४ करोड रुपैयाँमा कारोबार भएका छन् ।

सबैभन्दा धेरै नेपाल बङ्गलादेश बैंकको ४५ करोड ४७ लाख रुपैयाँको शेयर किनबेच भएको छ । सेन्ट्रल फाइनान्ससहित ६ वटा कम्पनीको शेयर ६ प्रतिशतभन्दा धेरैले बढेको छ । समग्र बजार बढे पनि सानिमा लार्ज क्याप फण्डको शेयर तीन प्रतिशतभन्दा धेरैले घटेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्