प्रधानमन्त्री ओली बाढी-पहिरोले क्षति गरेको क्षेत्र निरीक्षण गर्न आज सिन्धुपाल्चोक जाँदै

काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओली आज बाढी-पहिरोले क्षति गरेको क्षेत्र सिन्धुपाल्चोक जाँदै हुनुहुन्छ ।

बाढी÷ पहिरोले क्षति पुर्याएको मेलम्ची खानेपानी आयोजनासहित सिन्धुपाल्चोकका विभिन्न ठाउँ र बस्तीको निरीक्षण गर्न नेपाली सेनाको हेलिकप्टरबाट बिहान १० बजे सिन्धुपाल्चोक जाने तयारी भएको छ ।

प्रधानमन्त्री ओली मेलम्ची बजार र हेलम्बुको गणेश बगरमा आयोजना गरिएको कार्यक्रममा सहभागी हुने र बाढी-पहिरो पीडितलाई राहत प्याकेजको घोषणा गर्ने तयारी छ । मनसुन सुरु भएलगत्तै गएको असार पहिलो हप्ता आएको बाढी-पहिरोले सिन्धुपाल्चोकको मेलम्ची खानेपानी आयोजनासहित विभिन्न ठाउँमा ठूलो क्षति पुगेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्