पहिरोले नारायणगढ–मुग्लिन सडकखण्ड आज बिहानैदेखि अवरूद्ध

File Photo

काठमाडौँ – अविरल वर्षापछि खसेको पहिरोले नारायणगढ–मुग्लिन सडकखण्ड आज बिहानैदेखि अवरूद्ध छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पहिरो हटाउने काम सुरू गरिएको छ । सेतीदोभानमा पहिरो खसेको छ । उक्त पहिरो हटाउन आज बिहान ६ बजेदेखि दुइटा जेसिबी प्रयोग गरिएको प्रहरीले बताएको छ ।

एक सातादेखि यो सडकखण्डमा पहिरो खस्ने क्रम बढेको छ । पहिरोका कारण यात्रुले दुःख पाएका छन् । ढुंगासहित खसेको पहिरोले सवारी साधनमा क्षतिसमेत पु¥याउने गरेको छ । प्रहरीले वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गर्दै आएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्