शुक्लाफाँटा नगरपालिकामा हलचल : प्रवक्ता फेरिए, विषयगत समिति भंग, प्रवक्तामा गिरी नियुक्त

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा नगर प्रवक्ताको जिम्मेवारी हेरफेर गरिएको छ । आइतबार १७ कार्यपालिका सदस्यहरुले सामुहिक विज्ञप्ती जारी गरेपछि प्रवक्ताको जिम्मेवारी लगायतका अन्य विषयमा हेरफेर गरिएको हो । यसैगरी नगरमा रहेका ६ ओटा विषयगत समिति र नगरकार्यपालिका वैठकबाट पारित भएका थप २ ओटा नयाँ विषयगत समिति समेत भंग भएका छन ।

आजै वसेको कार्यपालिका वैठकमा नगर प्रमुख दिल बहादुर ऐरले वडा नम्बर ५ का वडाध्यक्ष कमल गिरीलाई नयाँ प्रवक्तामा नियुक्त गरेका हुन् ।
यसभन्दा पहिला वडा नम्बर ७ का वडा अध्यक्ष जगतबहादुर सिंह नगर प्रवक्ता रहेका थिए ।
सामुहिक विज्ञप्तीमा नगर प्रवक्ता फेरवदल, विषयगत समिति खारेज गरी नयाँ समिति गठन, स्यानीटरी प्याडको ठेक्का रद्द गरि टेण्डर प्रक्रियामा जाने तथा समानुपाति वजेट बाँडफाँटका विषयहरु प्रस्ताव गरेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्