चीनमा भएका नेपालीहरुलाई स्वदेश फर्काउनका लागि आवश्यक तयारी पुरा

काठमाडौं – चीनको हुवान शहरमा भएका नेपालीलाई स्वदेश फर्काउनका लागि आवश्यक सबै तयारी पूरा भएको स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले बताउनुभएको छ । संघीय संसदको शिक्षा तथा स्वास्थ्य समितिमा मगंलबार सांसदहरुको प्रश्नको जवाफमा मन्त्री ढकालले चीनबाट नेपाली नागरिकलाई छिटै नेपाल ल्याइने बताउनुभयो ।

मन्त्री ढकालले हुवानबाट नेपाली नागरिक छिटै ल्याउने भने पनि कहिलेसम्म स्वदेश ल्याउने भन्ने बारेमा मिति तय नभएको बताउनुभयो । चीनबाट पहिलो चरण १ सय ८५ जना विद्यार्थीलाई स्वदेश ल्याउने तयारी भैरहेको समेत उहाँले जानकारी दिनुभयो । मन्त्रीका ढकालका अनुसार चीनबाट स्वदेश ल्याइएकाहरुलाई राख्नका लागि भक्तपुरस्थित खरिपाटीमा १ सय ९९ वटा ‘क्यारेन्टाइन’ कोठाको व्यवस्थापन गरिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्