CORONA

ह्युम पाइपभित्र अड्किएर दार्चुलामा दुईको मृत्यु

सांकेतिक तस्बिर

दार्चुला – महाकाली नगरपालिका ४ बङ्गाबगडको लास्कुखोलामा ह्युम पाइपभित्र अड्किएर दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा व्याँस गाउँपालिका ४ घर भई हाल खलङ्गा बस्दै आउनुभएका १७ वर्षीय प्रकाश खत्री र दुहुँ गाउँपालिका ४ ब्रह्मदेव घर भई खलङ्गा आर्मी गेट नजिक बस्दै आएका १२ वर्षीय रमित कुँवर रहेका छन् ।
महाकाली लोकमार्ग, दार्चुला तिङ्कर सडक अन्तर्गत निर्माणाधिन लास्कुखोलाको मोटरेवल पुलभित्र राखिएको उक्त पाइपमा अड्कीएर दुबै जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी नरेन्द्र बहादुर चन्दले जानकारी दिनुभयो ।
मङ्गलबार दिउँसो गर्मीको समयमा नदीमा पौडी खेल्ने क्रममा उनीहरु बगेर ह्युम पाइपभित्र अड्कीएको प्रहरीले जनाएको छ । निरन्तर वर्षाका कारण निर्माणाधीन पुलभित्र सो पाइप राखेर नदी खुलाइएको थियो । पुललाई क्षति नगरोस् भनेर सो पाइप राख्न लगाइएको भए पनि पौडी खेल्ने बेला दुवै बालक अड्कीएका हुन् ।

रासस​

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्