मंगलबार कुन राशिका लागि कति शुभ ?

विस. २०७८ साल असार ०८ गते । मङ्गलबार । इस्वी सन् २०२१ जुन २२ तारिख । नेपाल संवत् ११४१ । राक्षस संवत्सर । उत्तरायण । ग्रीष्म ऋतु । श्रीशाके १९४२ । जेठ शुक्लपक्ष । तिथि–द्वादशी, ०६ घडी १८ पला,  बिहान ०७ बजेर ४२ मिनेट उप्रान्त त्रयोदशी । नक्षत्र– विशाखा, १८ घडी ३२ पला, दिउँसो १२ बजेर ३२ मिनेट उप्रान्त अनुराधा । योग–सिद्ध, १८ घडी ४६ पला,  दिउँसो १२ बजेर ४१ मिनेट उप्रान्त साध्य । करण– बालव, बिहान ०७ बजेर ४२ मिनेट उप्रान्त कौलव, बेलुकी ०६ बजेर २७ मिनेट उप्रान्त तैतिल । आनन्दादिमा–श्रीवत्स योग । चन्द्रराशि–तुला, बिहान ०७ बजेर ०० मिनेट उप्रान्त बृश्चिक ।  काठमाडौँमा सूर्योदय बिहान ०५ बजेर १० मिनेट, सूर्यास्त बेलुकी ०७ बजेर ०० मिनेट । दिनमान ३४ घडी ३५ पला । प्रदोषव्रत, भूमिरज, सू्र्य आद्रामा प्रवेश  ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
समय मध्ययम रहेकाले कुनै व्यापार व्यावसायमा लगानी गर्नका लागि केही दिन कुर्नुहोला । आर्थिक व्यावस्थापनका लागि गरिने काम अन्तिम निष्कर्षमा नपुगी विचमा नै अवरुद्ध हुन सक्छन्, ध्यान दिनुहोला । हरेक क्षेत्रमा अवसरवादी हावी हुनाले काम समयमा सम्पन्न हुदैनन् । पढाइ लेखाइमा एक रूपमा नहुँदा अरूभन्दा पछि परिनेछ । माया प्रेममा अविश्वास तथा धोका हुने अधिक सम्भावना रहेको छ ।

बृष (ई, ऊ, ए, ओ, वा, वि, वु, वे, वो) औषधिजन्य व्यापारमा लगानी गर्नेहरुले मनग्य आम्दानी गर्न सकिने तथा आर्थिक रूपमा सम्पन्न हुने समय रहेको छ । प्रविधिको प्रयोगमार्फत अध्ययनलाई निरन्तरता दिन सकिनेछ । माया प्रेममा सामीप्यता बढेर जानेछ भने जीवन साथीको सहयोगले राम्रा काम गर्न सकिनेछ । भौतिक सम्पत्ति तथा सवारी साधन प्राप्तीको गतिलो योग रहेकोछ ।

मिथुन (का, की, कु, घ, ङ, छ, के, को, हा)
नोकरीमा प्रतिस्पर्धीहरुलार्ई हराउँदै अगाडि बढ्न सकिनेछ भने शत्रुता राख्नेहरु आफै साइड लाग्नेछन् । विवादित निर्णयहरु तपाईंकै पक्षमा आउने हुनाले मन प्रसन्न हुनेछ । पढाइलेखाइमा उत्कृष्ट नतिजा आउने हुँदा घरपरिवार तथा आफन्तहरु खुसी हुनेछन् । व्यापार व्यावसायमा लगानी गरी मनग्य आम्दानी हुने योग रहेको छ । पुराना स्वास्थ्यसम्वन्धी समस्या हल भएर जानेछन् भने सङ्कटबाट मुक्ति मिल्ने समय रहेको छ । माया प्रेममा रमाउन चाहनेहरुले नयाँ ठाउँको भ्रमण गरी रमाउने योग रहेको छ ।

कर्कट (ही, हु, हे, हो, डा, डी, डु, डे, डो)
पढाइलेखाइमा मन जाने हुनाले प्रतिस्पर्धीहरुलार्ई पछि छोड्दै एक कदम अगाडि बढ्न सकिनेछ । माया प्रेमका कोपिलाहरु फक्रिएर जानेछन् भने नयाँ ठाउँबाट प्रेम प्रस्ताव आउनेछ । पदीय दायित्व बढ्ने तथा काम गर्ने ठाउँमा तपाईंको काम गर्ने शैलीको धेरैले प्रशंसा गर्नेछन् । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोगमार्फत आफ्ना भनाइ वा लेखहरु जनमानसमा लैजान सकिनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टी, टु, टे)
पहिलेका कमीकमजोरीहरुलाई सुधार्ने अवसर आउनेछ । ठूला तथा विशिष्ट योजनाहरु कार्यान्वयन गर्नका लागि केही समय पर्खनु नै राम्रो हुनेछ । आफन्त तथा आमासँग सानो सानो कुरामा विवाद बढ्ने योग रहेको छ । पढ्ने लेख्ने कामका खासै मन नजाँदा अरूभन्दा पछि परिनेछ । व्यापार व्यावसायमा समय दिए पनि खासै उपलब्धि हासिल हुने छैन भने घर जग्गाको कारोबारबाट केही मात्रामा लाभ लिन सकिनेछ । तर पनि कृषि तथा पशुपालन व्यावसाय फस्टाएर जानेछ ।

कन्या (टो, पा, पी, पू, ष, ण, ठ, पे, पो)
दाजुभाइ तथा छिमेकीसँगको सम्बन्धमा नयाँ आयाम थपिनेछ । पराक्रम बढ्ने हुनाले साहसिलो काममा हात हाल्नुहोला, सफलता मिल्नेछ । वादविवाद तथा मुद्दा मामिलामा तपाईंकै जित हुनेछ । माया प्रेममा सामीप्यता बढ्नुको साथै पतिपत्नीबीच मायाको डोरो कसिलो भएर जानेछ । उद्योग व्यापार व्यावसायमा प्रशस्त आम्दानी हुनेछ । छोटो तथा अर्थपूर्ण भ्रमणको तय हुनेछ । विद्यामा सोचेजस्तै सफलता पाइनेछ ।

तुला (रा, री, रु, रे, रो, ता, ती, तू, ते)
अध्ययनमा रुचि बढ्नेछ भने उल्लेख्य सफलता प्राप्त हुनेछन्  । आफन्त तथा परिवारको साथ रहने हुँदा उपलब्धिमूलक काम समयमा नै सम्पन्न हुनेछन्  । प्रेममा रमाउन चाहनेहरुका लागि समयले साथ दिने हुनाले एकअर्कालाई विश्वास गर्दै जान सकिनेछ । बोलीको प्रभाव बढ्ने हुनाले बोलेरै राम्रा काम गर्न सकिनेछ । तर पनि बाहिरी वातावरण तथा सरसफाइमा ध्यान दिनुहोला ।

बृश्चिक (तो, ना, नी, नु, ने, नो, या, यी, यु)
राजनीति तथा समाज सेवामा जनताको गतिलो समर्थन पाइने हुँदा नाम कमाउन तथा पद प्राप्तिको योग रहेको छ । विभिन्न विलाशी वस्तुको प्रयोग गरी मनग्य आम्दानी हुनेछ । मायाप्रेममा एकअर्कालाई विश्वास गर्ने वातावरण बन्नेछ । पढाइलेखाइमा मनजाने हुनाले नतिजा आफैतिर ल्याउन सकिनेछ । कृषि तथा पशुपालन व्यावसायमा लगानी गरी राम्रै आम्दानी गर्न सकिनेछ ।

धनु (ये, यो, भा, भी, भू, ध, फा, ढा, भे)
व्यापार व्यावसायमा प्रशस्त समय दिए पनि आम्दानी थोरै नै हुनेछ । काम गर्दा ख्याल गर्नु जरुरी देखिन्छ, समयमा काम सम्पन्न नहुँदा मान सम्मानमा आघात पर्न सक्छ । पढाइलेखाइ तपाईं आफ्नै कारणले बिग्रन सक्छ, ध्यान दिनुहोला । मायाप्रेममा अविश्वास बढ्नेछ भने सामान्य स्वास्थ्यसम्बन्धी समस्या आउने योग रहेको छ । कष्टकर यात्रा नहोला भन्न सकिन्न ।

मकर (भो, जा, जी, जु, जे, जो, ख, खी, खु, खे, खो, गा, गी)
औषधीजन्य तथा खाद्यान्नसँग सम्बन्धित सामानको उत्पादन तथा व्यापार व्यावसाय फस्टाएर जानेछ भने अन्य क्षेत्रमा गरिएको लगानीमा मन्दी आउनेछ । बैङ्क तथा वित्तीय क्षेत्रसँग सम्बन्धित व्यावसायबाट मनग्य आम्दानी हुनेछ । मायाप्रेममा नजिक हुने समय रहेको छ । प्रविधिको प्रयोगमार्फत अध्ययनलाई निरन्तरता दिन सकिनेछ ।

कुम्भ (गु, गे, गो, सा, सी, सु, से, सो, दा)
व्यापार व्यावसाय फस्टाएर जानेछ । परिवार तथा आफन्तको साथ पाइने हुनाले काम गर्न सहयोग पुग्नेछ । कृषि तथा पशुपालन व्यावसायमा लगानी गरी राम्रै आम्दानी गर्न सकिनेछ । समस्याहरुको समाधान गरी आम्दानीका स्रोतहरु बढाउन सकिनेछ । सत्रु परास्त हुनेछन् भने आफ्नो क्षेत्रमा वर्चस्व कायम राख्न सकिनेछ । बुवा वा बुवा सरहका मानिसबाट तपाईंको काममा सहयोग हुनेछ ।

मीन (दी, दू, थ, झ, ञ, दे, दो, चा, ची)
प्रेमको ठोरो कसिनुको साथै घरपरिवार तथा आफन्तबाट भनेजस्तो सहयोग पाइनेछ । सरकारी क्षेत्रमा सम्मानजनक सहभागिता रहने योग रहेकोछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोगमार्फत आफ्ना भनाइ वा लेख जनमानसमा लैजान सकिनेछ । धर्मकर्ममा मन जानेछ भने प्रविधिको प्रयोगमार्फत अध्ययनलाई निरन्तरता दिन सकिनेछ ।

तपाईंको दिन शुभ रहोस् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्