पछिल्लो २४ घण्टामा २,४४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि, सङ्क्रमण र मृत्युदर घट्दै

काठमाडौं – पछिल्लो २४ घण्टामा २४४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६६७७ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा १४२१ र ४२४९ एन्टिजेन परीक्षणमा १०२१ जना गरी २४४२ जनामा संक्रमण पुष्टि भएको हो । मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलका अनुसार संक्रमणदर २१.३ प्रतिशत छ । त्यस्तै पछिल्लो २४ घण्टामा ३४५६ जना संक्रमणमुक्त भएका छन् भने ५१ जनाको मृत्यु भएको छ ।

केही दिनयता कोरोनाभाइरसबाट हुने दैनिक सङ्क्रमण र मृत्युदरमा कमी आउन थालेको छ भने सङ्क्रमणमुक्त हुनेको सङ्ख्या बढेको छ । निषेधाज्ञा लागू गरिएको करिब दुई महिनामा कोरोना सङ्क्रमण र मृत्युदर घट्न थालेको हो । काठमाडौं उपत्यकामा गत वैशाख १६ गतेबाट निषेधाज्ञा लागू गरिएको थियो । त्यसको करिब दुई महिनामा सङ्क्रमण र मृत्युदरमा कमीआउन थालेको हो भने सङ्क्रमण मुक्त हुनेको सङ्ख्या बढेको छ ।

जेठ महिनामा शुरुवातमा कोरोना सङक्रमणबाट दैनिक मृत्यु हुनेको सङ्ख्या दुई सयभन्दा बढी थियो भने जेठको अन्तिममा सङ्क्रम हुने दरमा कमी आएको छ । साथै निको हुने दर भने बढेको छ । जेठ २ गते सबैभन्दा धेरै नौ हजार २४७ जनामा सङ्क्रमण पुष्टि भएको थियो भने जेठ ४ गते सबैभन्दा धेरै २४६ जनाले सङ्क्रमका कारण ज्यान गुमाएका थिए । त्यस्तै जेठ १४ गते ९६ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ । त्यसयता दैनिक रुपमा ज्यान गुमाउने र सङ्क्रमण हुनेको सङ्ख्यामा कम आउन थालेको स्वास्थ्य मन्त्रालयद्वारा सार्वजनिक तथ्याङ्कमा उल्लेख छ । स्वास्थ्य मन्त्रालयको पछिल्लो एक साताको तथ्याङ्क हेर्ने हो भने मृत्यु दर दैनिक घट्दै गएको छ ।

शनिबार कोरोना निको हुने दर ८९.३० प्रतिशत रहेको छ भने मृत्युदर १.४० प्रतिशत र सङ्क्रमण दर ९.३० प्रतिशत रहेका छन् । शनिबार दुई हजार ४०१ जनामा सङ्क्रमण पुष्टि भएको थियो भने ३४ जनाले ज्यान गुमाएका थिए । साथै तीन हजार ६६० जना सङ्क्रमणमुक्त भएका छन् । शुक्रबार सङ्क्रमणका कारण ४४ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । साथै १३ हजार ३७ जनाको परीक्षण गर्दा दुई हजार ७६८ जनामा सङ्क्रमण पुष्टि भएको थियो भने चार हजार २० जना सङ्क्रमण मुक्त भएका छन् ।

त्यस्तै बिहीबार ३९ जनाले ज्यान गुमाएका थिए । बिहीबारको मृत्युदर १.४० प्रतिशत हो । साथै १०.०२ प्रतिशतमा सङ्क्रमण देखिएको छ भने ८८.५८ प्रतिशत सङ्क्रमणमुक्त भएका छ । बुधबार भने सङ्क्रमणका कारण ५२ जनाको मृत्यु भएको छ यो दर १.३९ प्रतिशत हो । त्यस्तै १३ हजार ८२ जनाको परीक्षण गर्दा २८ सय २८ जनामा सङ्क्रमण पुष्टि भएको थियो । साथै तीन हजार ८२ जना सङ्क्रमणमुक्त भएका थिए । त्यस्तै मंगलबार ४१ जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार यो मृत्युदर १.३९ प्रतिशत हो । यसैगरी सोमबार ५३ जनाले सङ्क्रमणका कारण ज्यान गुमाएका छन् । सोमबार १४ हजार ८१९ जनामा परीक्षण गर्दा दुई हजार ९१८ जनामा सङ्क्रमण पुष्टि भएको थियो । साथै पाँच हजार १४७ जना सङ्क्रमणमुक्त भएका थिए ।

स्वास्थ्य मन्त्रालयका अनुसार आइतबार सङ्क्रमणबाट ४६ जनाको मृत्यु भएको थियो । यो मृत्यु दर १.३८ प्रतिशत हो । त्यस्तै ११.३३ प्रतिशत सङ्क्रमित भएका छन् भने ८७.२९ प्रतिशत सङ्क्रमणमुक्त भएका छन् । यसैगरी शनिबार सङ्क्रमणबाट ६१ जनाको मृत्यु भएको छ । यो मृत्युदर १.३७ प्रतिशत हो । यसदिन तीन हजार ३८४ जनामा सङ्क्रमण पुष्टि हुँदा ६ हजार २९५ जना सङ्क्रमणमुक्त भएका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्