लमही अस्पताललाई स्वास्थ्य सामाग्री सहयोग

Upahar Khabar Logo

दाङ – कोरोना सङ्क्रमणकोे व्यवस्थापनमा केही सहयोग पुगोस् भन्ने उदेश्यले क्यानडाबाट लमही अस्पताल र सिसहनियाँ स्वास्थ्य चौकीलाई स्वास्थ्य सामाग्री सहयोग गरिएको छ । लमही नगरपालिका— ५ स्थायी घरभई हाल क्यानडा बसोबास गर्दै आउनुभएका निरञ्जन थापाले साथीहरुसँग आर्थिक सङ्कलन गरी पठाएको तीन थान अक्सिजन कन्सन्ट्रेटर, दुईवटा शय्यालगायतका स्वास्थ्य सामाग्री सहयोग गर्नुभएको हो ।

उक्त स्वास्थ्य सामाग्रीमध्ये दुई थान अक्सिजन कन्सन्ट्रेटर र दुईवटा शय्या लमही अस्पताललाई थापाका बुवा नरेन्द्र थापा र आमा पार्वतीदेवी थापाले सोमबार लमही नगरपालिकाका प्रमुख कुल बहादुर केसी, उपप्रमुख देवका बेलबासे र लमही अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.रञ्जिता महतोलाई हस्तान्तरण गर्नुभएको छ । यस्तै सिसहनियाँ स्वास्थ्य चौकीलाई एक थान अक्सिजन कन्सन्ट्रेटर मेशिनसहित स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको छ ।

रासस​

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्