हेलम्बुमा बाढीको त्रास : नदी किनारका केही बस्ती बगायो, सतर्क रहन अध्यक्ष शेर्पाको आग्रह

मंगलबार साँझ मेलम्ची नदीमा बाढी आएको र त्यसले जनधन क्षति गरेको अधिकारीहरूले बताएका छन्। उनीहरूका अनुसार साँझ सात बजे मेलम्ची नदीमा बाढी आएको हो। नदीको माथिल्लो भागमा पहिरो खसेको र पहिरो खुल्दा नदीमा पानीको बहाव बढेको सिन्धुपाल्चोकका प्रहरी उपरीक्षक राजन अधिकारीले बताए।

आज बिहानदेखि अबिरल परेको पानीले सिन्धुपाल्चोकको मेलम्ची खोला (इन्द्रावती नदी) मा आएको बाढीले कम्तिमा ६ जनालाई बगाएको छ । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका अन्तर्गत खोला छेउ घर भएका उनीहरुलाई बगाएको र उनीहरुको विस्तृत विवरण आइनसकेको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले जानकारी दिए ।

उनले भने– ‘बाढीले ६ जना जतिलाई बगाएको भन्ने कुरा आएको छ । उनीहरुको पूर्ण विवरण आएको छैन । अहिले पनि बाढी रोकिएको छैन । भोलि बिहानसम्म क्षतिको पूर्ण विवरण आउँछ ।’ बाढीले ३ वटा पुल बगाएको र धेरै स्थानमा बाटो कटान गरेको उनले बताए । हेलम्बु गाउँपालिका अन्तर्गत तल्लो तिम्बु बजार बगाएको, किउलमा रहेको रेन्बो ट्राउट फर्म बगाएको र नदी छेउमा रहेको केही घर बगाएको जानकारी आएको उनले बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्