बाजुरामा मुख्य राजमार्गसहित शाखा मार्गहरु अबरुद्व

बाजुरा जिल्लाको सदरमुकाम जोड्ने एक मात्र साँफे मार्तडी राजमार्ग अवरुद्ध भएको छ । अविरल बर्षाका कारण राजमार्ग अवरुद्ध भएको हो । मूख्य राजमार्ग मात्र हैन मार्तडी – कोेल्टी, मार्तडी – गौमुल, आटीचौर जोड्ने सहायक सडकसमेत तीन दिनको लगातार बर्षका कारण अबरुद्व भएका छन् ।
साँफे मार्तडी राजमार्ग अन्तरगत पर्ने बार्जुगाड, ताँप्रीसेरा, बल्दे, अम्कोट, द्वारी, तिपाडालगायत दर्जनौ ठाउँमा माथिबाट पहिरो गएर राजमार्ग अबरुद्व भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक धनदेब साउदले मध्यान्हलाई जानकारी दिए ।
बार्जुगाडमा माथिबाट पहिरो गएको छ । ताँप्रीसेरामा बुढीगंगा नदीले सडक काटेर सडक भएको ठाँउमा नदी बगेको छ भने सो ठाउँमा पैदल यात्रीसमेत एक घण्टाको उकोलो बाटो चढेर हिड्न बाध्य भएका छन् । लगातार परेको पानीका कारण सडक निर्माण गर्न नसकिने सडक डिभिभजन कार्यालयले जनकारी दिएकोछ ।
त्यस्तै बाजुराको पूर्वी उत्तरी क्षत्रमा पर्ने मार्तडी कोल्टी सडक खण्ड अन्तरगत बाउली, अनाईखोलामा पानीको बहाब बढेर खोलामा सबारीका साधन वारपारगर्न नसकिने अबस्था रहेको छ भने चुथि र ढम्कनेमा समेत पहिरो गएको छ । उता दानसाँगु खोलासमेत बडेर बाटो अबरुद्वभएको स्थानिय धन बहादुर बोहराले बताए ।
यता मार्तडी गौमुल जाने बाटोमा ठुलीसॉघन खोलामा पानीको बहाब बडेको छ । मैमातोलामा सडक भास्लिएर बाटो अबरुद्व भएको छ । त्यस्तै जिल्लाका बिभिन्न ठाउँमा सडक भास्लिएर अबरुद्व भएको हुँदा जिल्ला बाहिर तथा जिल्ला भित्र आवतजावत गर्न स्थानीयलगायतलाई समस्या भएको छ भने जिल्ला भित्र निर्माणका सामान समेत ढुवानी गर्न समस्या भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्