बाजुरामा खोलाले बगाउदा एक महिला बेपत्ता

बाजुरा जिल्लाको पुर्वी उत्तरी भेगको बुढीनन्दा नगरपालिकामा सोमबार विहान गाउँ नजिकैको खोलाले बगाउदा एक महिला बेपत्ता भएकी छन् ।
बेपत्ता हुनेमा सोही नगरपालिका–३ लौठा रुखकी अन्दाजी ३६ वर्षीया मोतिकला लुहार रहेकी छन् ।
आइबातरबाट आएको लगातारको अविरल वर्षासंगै सोमबार विहान खोलामा आएको बाढीले बगाउँदा उक्त महिलालाई बेपत्ता पारेको हो । गाउँनजिकै रहेको बड्डीगाड खोलाले बगाएर ल्याएका दाउरा ल्याउन जाने क्रममा खोलाले बगाएर बेपत्ता पारेको हो
बेपत्ता लुहारको खोजी कार्य भएपनि नभेटाएको स्थानीय धन बहादुर बाेहराले बताएका छन् । बेपत्ता भएकी महिलाका तीन छोराछोरी विचल्लीमा परेको बोहराको भनाइ रहेको छ । बेपत्ता महिलाका श्रीमानले अर्काे विवाह गरेर भारतमा गएको स्थानीयले बताए ।
खोलाले बगाएर बेपत्ता भएकी महिलाको खोजी कार्यका लागि इलाका प्रहरी कार्यालय कोल्टीको टोली घटनास्थलमा गएको प्रहरीले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्