पछिल्लो २४ घण्टामा थप ६,६३६ जना संक्रमणमुक्त, ३,४७९ जनामा संक्रमण, ९९ जनाको मृत्यु

काठमाडौं – पछिल्लो २४ घण्टामा थप ३४७९ जनामा संक्रमण पुष्टि भएको छ । १० हजार ४७१ जनाको पीसीआर परीक्षण गर्दा  ३०२४ जना तथा ३२६२ जनाको एन्टिजेन परीक्षण गर्दा ४५५ जनामा संक्रमण पुष्टि भएको हो । आइतबार प्रति एक सय जनाको परीक्षण गर्दा २८.९ जनामा सङ्क्रमणको पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी बिवरण सार्बजनिक गर्न आयोजना गरेको प्रेस ब्रिफिङमा थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाका कुल सङ्क्रमित छ लाख नाघेको छ । पछिल्लो १५ दिनमा मात्रै एक लाख सङ्क्रमित थपिएका छन् । मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले कुल सङ्क्रमित छ लाख एक हजार ६९३ पुगेको बताउनुभयो ।

त्यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार  पछिल्लो २४ घण्टामा ६,६३६ जना संक्रमणमुक्त भएका छन् ।हालसम्म चार लाख ९१ हजार नौ जना कोरोनामुक्त भएका हुन् । त्यस्तै कोरोना संक्रमणबाट ९९ जनाको मृत्यु भएको छ । नेपालमा कोरोना सङ्क्रमणबाट हालसम्म सात हजार ८९८ जनाको मृत्यु दर्ता गरिएको छ ।हाल ७३१ ज्ना क्वारेन्टिनमा छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्