कार्यसम्पादन मूल्यांकनमा कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका देशकै उत्कृष्टमा पर्न सफल

कठमाण्डौ – राष्ट्रिय प्राकृतिक श्रोत तथा वित्तीय आयोगले कार्यसम्पादनमा आधारित सामानीकरण अनुदान प्राप्त गर्न तोकिएका सूचकहरू पूरा गर्न सफल भई देशका ७ सय ५३ स्थानीय तहमध्ये कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका उत्कृष्ट स्थान हालिस गर्न सफल भएको छ ।

कार्यसम्पादन मूल्याङ्कनका लागि तोकिएका सात सूचक पूरा गरेकाले बढी अङ्क प्राप्त गरी नगरपालिकाले रु ५५ लाख अनुदान समेत प्राप्त गरेको छ ।

नगरपालिकाले समानीकरण अनुदान अन्र्तगत न्यूनतम, सूत्रमा आधारित, कार्यसम्पादनमा आधारित गरी जम्मा रु ६९ लाख ४२ रकम प्राप्त गरेको छ । कार्यसम्पादन मूल्याङ्कनको नतिजाअनुसार सबैभन्दा बढी शुक्लाफाँटा नगरपालिकाले प्राप्त गरेको होे । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग ऐन, २०७४ को दफा ३ को उपदफा (२) को व्यवस्था बमोजिम स्थानीय तहमा हस्तान्तरण हुने वित्तीय अनुदान सिफारिस गर्दा कार्यसम्पादनको स्तरलाई आधार लिइने गरिन्छ ।

कार्यसम्पादन स्तर मापनका लागि स्थानीय तहले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग ऐन २०७४, अन्तर सरकारी वित्त व्यवस्थापन ऐन २०७४ र स्थानीय सरकार सञ्चालन ऐन २०७४ बमोजिम गर्नु पर्ने न्यूनतम प्रक्रियागत कार्यसम्पादन गरे नगरेको, कानून तर्जुमा गरे नगरेको, उद्देश्यबमोजिम खर्च गरे नगरेको लगायतका विभिन्न सात सूचकका आधारमा स्थानीय तहको कार्यसम्पादन मापन गरिन्छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्