शंकर प्रधान “सौर्य” द्वारा लिखित भाषण तथा उद्घोषणकला पुस्तक सार्वजनिक

काठमाडाैँ,  शंकर प्रधान सौर्यद्वारा लिखित भाषण तथा उद्घोषणकला पुस्तक सार्वजनिक भएको छ । ड्रीमप्वाइन्ट एजुकेशनल एण्ड ट्रेनिङ इन्स्टिच्युट्को दशौँ वार्षिकोत्सव समारोहको क्रममा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री माननीय पार्वत गुरुङ्गले उक्त पुस्तकको लोकार्पण गर्नुभएको हो । लोकार्पण समारोहमा बोल्दै मन्त्री गुरुङ्गले यस प्रकारको पुस्तकले महिला तथा युवाहरुलाइ आफ्ना विषय, हक अधिकार तथा मुद्दामा केन्द्रित रहेर जोड्दार कुरा उठान गर्न सहयोग पुर्याउने विश्वास व्यक्त गर्नुभयो ।

नेपाली समाजमा पुस्तौंदेखि प्रचलित “बोल्नेको पिठो पनि बिक्छ र नबोल्नेको चामलपनी बिक्दैन” भन्ने उखानलाइ चरितार्थ गर्ने उदेश्यले प्रकाशित पुस्तकले उत्पिडित जाती, क्षेत्र, वर्ग, लिङ्ग र व्यक्तिलाइ अन्तर आत्मादेखिनै सशक्त बनाउदै सत्य वाणी बोल्न प्रेरित गर्नेमा आफ्ना धारणा व्यक्त गर्नुभयो । सम्वोधनकै क्रममा उहाँले नेपाल सरकारले अघि सारेको सम्बृद्द नेपाल, सुखी नेपालीको लक्ष्य हासिल गर्नका लागी सबैले जायज मागहरु उठाउनुपर्ने र सम्बन्धित निकाय तथा सरकाआइ समेत झक्झक्याउन सक्नुपर्ने कुरा व्यक्त गर्नुभयो ।

सोहि क्रममा, पुस्तक समिक्षा गर्नुहुदै जनप्रशासन क्याम्पसका उप प्राध्यापक एवम् स्थानिय शासन विज्ञ डा.बुद्धि मान श्रेष्ठले पुस्तक ले अन्तर्मनको भाव बोकेको र नेपाली समाजमा देखिएका जल्दाबल्दा विषय उठान गर्न सफल भएको धारणा व्यक्त गर्नुभयो । जो बोल्न देखी डराउछ, लजाउछ र अप्ठ्यारो मानेर पन्छिने काम गर्छ उहाँको लागी यो पुस्तक रामवाण सावित हुने विचार व्यक्त गर्नुभयो । कलात्मक भाषण तथा उद्घोषण गर्ने सम्पुर्ण मौलिक तौरतरिकाहरु देखी लिएर विभिन्न भाषणका नमुनाहरु समेत गहन ढङ्गले पुस्तकमा समावेश भएको पाउदा औधी खुसी लागेको बताउनुभयो ।

पुस्तक समिक्षाकै क्रममा अधिवक्ता, लेखक तथा सामाजिक अभियन्ता स्वागत नेपालले पुस्तकको समिक्षा गर्ने क्रममा यो पुस्तक व्यक्तिको व्यक्तित्वका साथै नेतृत्व क्षमता बिकास गर्ने उदेश्यले गरिएको बताउनुभयो । उहाँका अनुसार आजको समयमा देशका नेताहरुको भाषण सामान्य भन्दा सामान्य व्यक्तिहरुले बुझ्ने प्रकारको नभएको र आफुले मन्तव्य दिने क्रममा दर्शक श्रोताको ध्यान खिचिराख्नको लागी भाषण तथा उद्घोषणकला पुस्तक सहयोगी रहेको बताउनुभयो । उक्त पुस्तकले शारिरिक गठन, आत्मबल वृद्धि गर्न, शब्द चयन लगायत अन्य विविध पक्ष समेट्न मद्दत गर्न सफल रहेको जानकारी दिनुभयो ।

कार्यक्रममा विविध क्षेत्रका व्यक्ति व्यक्तित्वलाइ सम्मान समेत गरिएको थियो । कार्यक्रमको सभाध्यक्ष पुस्तकका लेखक एवम ड्रीमप्वाइन्ट इन्स्टिच्युट्का अध्यक्ष शंकर प्रधानले गर्नु भएको थियो । कार्यक्रममा विभिन्न साङ्गितिक प्रस्तुती समेत प्रस्तुत गरिएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्