कुशलको किर्तिमानीसँगै नेपालको पहिलो जित, अमेरिका ३५ रनले पराजित

काठमाडौं । युवा अलराउण्डर कुशल मल्लले ओडीआई (एक दिवशीय) डेब्युमा कीर्तिमानी अर्धशतक अनी बलरहरुको उत्कृष्ट प्रदर्शनमा नेपालले आइसीसी क्रिकेट विश्वकप लिग लिग–२ मा अमेरिकालाई ३५ रनले पराजित गरेको छ । यस जितपछि नेपालले ७ टिम सम्मिलित लिगमा अंकको खाता समेत खोलेको छ । घरेलु मैदानमा भइरहेको त्रिकोणात्मक सिरिजको पहिलो खेलमा ओमानसँग पराजित भएको नेपालको यो पहिलो जित समेत हो । नेपालले जितपछि २ अंक जोडेको छ ।

ओडीआई डेब्युमा कुशलले ५० रनको अर्धशतकीय इनिङ्स खेले । विकेटकिपर विनोद भण्डारीले पनि अर्धशतक बनाएपछि नेपालले ५० ओभरमा १९० रन बनाएको थियो । कुशल डेब्युमै अर्धशतक प्रहार गर्दै ओडीआईमा अर्धशतक प्रहार गर्ने कान्छो खेलाडी समेत बने । ४९–५ मा रहेको नेपाली इनिङ्स कुशल र विनोदले नै सम्हालेका थिए ।

नेपाली बलरहरुले उत्कृष्ट प्रदर्शन गर्दा अमेरिकाले ४४.१ ओभरमा सबै विकेट गुमाएर १५५ रन बनाएको हो ।

१९१ को लक्ष्य पछ्याएको अमेरिकाले खराब शुरुवात गरेको थियो । करण केसी र सन्दीप लामिछानेको जोडीले शुरुवाती ४ ओभरमै ४ विकेट लिएर अमेरिकालाई दबाबमा राखेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्