दिक्षालय फाउन्डेशन नेपालको दोस्रो अभिभावक दिवस सम्पन्न

काठमाडौ, काठमाडौको कपनमा रहेको दिक्षालय फाउन्डेशन नेपालले आफ्नो दोस्रो अभिभावक दिवस तथा वार्षिकोत्सव भव्यताका साथ सम्पन्न गरको छ ।

शनिबार विद्यालय परिसरमा एक कार्यक्रमको आयोजना गरि अभिभावक दिवस सम्पन्न गरेको दिक्षालय नेपालका प्रबन्ध निर्देशक चित्रकुमार दाहालले जानकारी दिनुभयो । विद्यार्थीहरुको वार्षिक प्रगति विवरण, विद्यार्थीहरुको प्रतिभा प्रस्फुटन गराउने र आफ्ना विद्यार्थीहरुको शैक्षिक प्रगतिबारे अभिभावकहरुलाई छर्लङ्गपार्ने उद्देश्यले अभिभावक दिवसको अयोजना गरिएको दिक्षालय फाउन्डेशन नेपालका प्रबन्ध निर्देशक दाहालले बताउनुभयो ।

“शिक्षा दियौ ज्ञान दिएनौ, पढाउने काम गरियो सिकाउने काम गरिएन, तर हामी ज्ञानबर्धक शिक्षा दिएर व्यवहारमा लागु गराउने उद्देश्यले शिक्षा प्रदान गरिरहेका छौ, प्रबन्ध निर्देशक दाहालले भन्नुभयो । आगामी दिनमा शिक्षक, विद्यार्थी र अभिभावकहरुलाई प्रविधिमैत्री बनाउँदै लैजाने योजना दिक्षालय फाउन्डेशन नेपालको रहेको छ ।
विद्यार्थीको चौतर्फी विकास गर्न प्रोजेकट वर्क, सामुहिक छलफल, अतिरिक्त क्रियाकलाप, शिक्षण सिकाइृ क्रियाकलापलाइृ व्यवस्थित गर्दै विद्यार्थीको नैतिक, शैक्षिक, शारिरिक, मानसिक विकासमा बृद्धि गराउने उद्देश्य रहेको दाहालले बताउनुभयो । आगामी दिनहरुमा संस्कृत, चाइनिज लगायतका भाषाहरु पढाइने समेत दिक्षालय नेपालले जनाएको छ ।

बुढानिलकण्ठ नगरपालिकाका प्रमुख उद्धवप्रसाद खरेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा अभिमावकहरु, पर्यटन व्यवसायी, बैंकर्स, वातावरण क्षेत्रका विज्ञ, कानुनविद् विद्यार्थी, पत्रकार, टोलविकास समितिका पदाधिकारीहरु, महिला लगायत करिब २ हजाको संख्यामा मानिसहरुको उपस्थिति रहेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्