लायन्स क्लब अफ काठमाडौँ रक्तदाता समुहद्वारा ह्वील चियर वितरण

काठमाडौँ – लायन्स क्लब अफ काठमाडौँ रक्तदाता समुहले ह्वील चियर वितरण गरेको छ । शुक्रवार एक अनौपचारिक कार्यक्रमका विच १० जनालाई ह्वील चियर वितरण गरेको हो । पूर्ण अशक्त व्यक्तिहरुलाई केहि राहत मिलोस् भन्ने उद्देश्यले वितरण प्रक्रिया अघि बढाएको थियो ।

जसमा २१ जनाले आवेदन दिएकोमा १० जना छनौट गरि आज एक कार्यक्रमकाबीच ह्वील चियर प्रदान गरिएको लायन्स क्लब अफ काठमाडौँ रक्तदाता समुहका रिजन चियर पर्सन केदार प्रसाद न्यौपानेले जानकारी दिनुभयो । देश तथा विदेशमा रहेका बिरामीहरुले रगतको अभावमा उपचार नरोकियोस् भन्ने उद्देश्यले रक्तदान तथा रगत उपलब्ध  गराउने कार्य समेत गरिरहेको लायन केदार प्रसाद न्याैपानेले जानकारी दिनुभयो ।

कैलालीदेखि झापासम्मका अशक्तहरुले ह्वील चियर प्राप्त गरेका छन् । उक्त वितरण कार्यक्रमा लायन्स क्लब इन्टरनेशनल ३२५ I का गर्भनर चन्द्र कुमार केसी, इलेक फस्ट भाइस गर्भनर पार्वती खरेल पाण्डे, लायन्स क्लब अफ काठमाडौँ रक्तदाता समुहका अध्यक्ष चक्त बहादुर न्यौपाने (सुदर्शन), लायन्स क्लब अफ काठमाडाैँ आस्थाकुञ्जका प्रेसिडेन्ट पार्वती भट्ट लगायतको उपस्थिति रहेको थियो ।

लायन्स क्लब अफ काठमाडौँ रक्तदाता समुहले यसअघि पनि गुल्मीमा मलद्धार नभएको विरामीको अपरेसमा समेत पूर्ण सहयोग गरेको छ । जसमा पहिलो चरणको अपरेसन सम्पन्न भइसकेको र दोस्रो चरणको अपरेसन हाल भइरहेको छ । अब अन्तिम चरणको अपरेसनको तयारीमा समुह रहको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्