डडेल्धुरा अस्पतालमा विशेषज्ञ चिकित्सक आएपछि राहत महसुस

डडेल्धुरा, चिकित्सकको अभाव झेलिरहेको डडेल्धुरा अस्पतालमा विशेष चिकित्सक आएपछि केहि राहत भएको छ । समायोजनँगै चिकित्सकबिहिन जस्तै बनेको डडेल्धुरा अस्पतालमा विशेषज्ञ चिकित्सक आएसँगै अस्पतालको सेवा सुविधामा विस्तार भएको हो ।

अस्पतालमा विशेषज्ञ सेवा पाउन थालेपछि सुदूरपश्चिमका पहाडी जिल्ला डडेल्धुरासहित बैतडी, दार्चुला, डोटी, बझाङ लगायतका जिल्लाका बिरामीलाई उपचारका लागि सहज भएको छ ।

सुदुरपश्चिम प्रदेशमै संघीय सरकारको मातहत रहेको एक मात्र डडेल्धुरा अस्पतालमा चिकित्सकको अभावका कारण सेवा सुविधा खस्कदै गएको बेला नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रलायले छात्रवृतितर्फका चार जना विशेषज्ञ चिकित्कस पठाएको छ ।

यस अस्पतालमा दुई जना स्त्रीरोग विशेषज्ञ, एक जना हाड जोर्नी, एक जना जनरल फिजिसिएन, एक जना दन्तरोग, एक जना एनेस्थेसीया, दुई जना बालरोग र एक जना एम्डीजिपिसहित ९ जना विशेषज्ञ चिकित्सक रहेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्