स्वास्थ मन्त्रालयलाई हेलम्बुको पत्र : कि भ्याक्सिन दिनुस् कि किन्ने सहमति दिनुस्

काठमाडौ – सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाले कोरोनाको भ्याक्सिन उपलब्ध गराउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्र लेखेकाे छ । हेलम्बु गाउँपालिकाकाे जनसंख्यालाई आधार मानेर गाउँपालिकाले ३० हजार डाेज कोराेनाको भ्याक्सिन उपलब्ध गराउन मन्त्रालयलाई पत्राचार गरेको हाे ।

गाउँपालिकाले पत्रमा भनेकाे छ, ” कोरोना भाइरस रोकथाम तथा नियन्त्रणको उपर्युक्त विकल्प भ्याक्सिन नै भएको सन्दर्भमा यस गाउँपालिकालाई जनसंख्याको आधारमा तहाँबाट पहिलो र दोस्रो चरणका लागि जम्मा ३०,००० (तीस हजार) डोज़ कोभिड भ्याक्सिन उपलब्ध गराइदिनुहुन अनुरोध छ। सो सम्भव नभएमा नेपालको संविधान २०७२ को धारा ३५ मा उल्लेखित स्वास्थ्य सम्बन्धी मौलिक हक, अनुसूची ८ मा उल्लेखित स्थानीय तहको अधिकारको सूची अन्तर्गत आधारभूत स्वास्थ्य र सरसफाई एवं अनुसूची ९ मा उल्लेखित स्वास्थ्य साझा अधिकारको सूची भएअनुसार नागरिकलाई आधारभूत तथा आकस्मिक स्वास्थ्य सेवा उपलब्ध गराउनु राज्यका तीन तहको मुख्य दायित्व रहेको कुरा अवगत गराई यस हेलम्बु गाउँपालिकाले आफ्नै खर्चबाट मापदण्ड अनुसारको कोभिड भ्याक्सिन खरिद गर्नको लागि तहाँबाट आवश्यक अनुमति प्रदान गरिदिनुहुन अनुरोध छ।”


यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्