पछिल्लो २४ घण्टामा थप ४४८७ जनामा कोरोना संक्रमण पुष्टि, ११६ जनाको मृत्यु

काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४ हजार ६ पीसीआर र ७४६ एन्टिजेन परीक्षणमा ४ हजार ४८७ जनामा संक्रमण पुष्टि भएको छ । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या ५ लाख ५३ हजार ४२२ पुगेको छ । संक्रमणबाट ११६ जनाको मृत्यु भएको छ भने ६ हजार ८० जना संक्रमणमुक्त भएका छन् भने निको हुनेको संख्या ४ लाख ३४ हजार ७५० पुगेको छ ।   स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा ११६ जनाको मृत्यु भएको छ । यस्तै मृतकको कुल संख्या ७ हजार १६३ पुगेको छ ।

सरकारले परीक्षण घटाउँदा पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमितको संख्या उल्लेख्य रुपमा घटेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या १ लाख १५ हजार ५०९ रहेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्