२५६५ औँ बुद्ध जयन्तीको अवसरमा, गौतम बुद्धका प्रेरक तथा जीवनोपयोगी भनाईहरु

आज वैशाख शुक्ल पूर्णिमा अर्थात् २५६५औँ बुद्धजयन्ती । भगवान् विष्णुको नवौँ अवतारका रूपमा जन्म लिनुभएका सिद्धार्थ गौतमप्रति श्रद्धा व्यक्त गरी मनाइँदै छ । बुद्धको जन्म, ज्ञान प्राप्ति र महापरिनिर्वाण (मृत्यु) वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले यस दिन नेपाललगायत विश्वका बौद्ध धर्मावलम्बीले बुद्धप्रति भावपूर्ण श्रद्धा र भक्ति प्रकट गर्दछन् । यस वर्ष कोभिड–१९ को महामारीका कारण बुद्ध जयन्तीमा कुनै औपचारिक कार्यक्रम आयोजना गरिएको छैन । कोरोना सङ्क्रमणबाट बच्न जारी गरिएको बन्दाबन्दीका कारण चैत्य, गुम्बा तथा बिहारहरुमा बौद्ध भिक्षु, भिक्षुणी, लामा, गुरुमा तथा उपासक उपासिकाहरुले पूजा तथा शान्ति प्रार्थना गरी बुद्धजयन्ती मनाउँदैछन् ।

हामी गौतम बुद्धको गुणगाण गाउछौं । बुद्धको जन्मप्रति गौरव गर्छौं । तर, बुद्धले जुन मार्गदर्शन गरे, त्यो बाटोमा हिँड्ने प्रयास भने गर्दैनौं । वास्तवमा भगवान बुद्धले आफुलाई पूज्य बनाउका लागि कुनै उपदेश दिएका थिएनन् । खासमा त्यो कुरालाई सम्पूर्ण मानव जातिले सुन्नेछन्, बुझ्नेछन् र आफ्नो जीवनमा उपयोग गर्नेछन् भन्नका खातिर उनले बुद्ध दर्शनको प्रतिपादन गरेका थिए । अतः यहाँ उनको अनमोल बचनहरु प्रस्तुत गरिएको छ ।

–    संसारमा दुःख छ र दुःख हटाउन सके निर्वाण वा शान्ति प्राप्त हुन्छ

–    स्वास्थ्य सबैभन्दा ठूलो उपहार हो । शरीरलाई स्वस्थ राख्नु हाम्रो कर्तव्य हो किनभने शरीर स्वस्थ नभए हाम्रो मन स्पष्ट र मजबुत हुँदैन ।

–     सन्तोष सबैभन्दा ठूलो धन हो । बफदारी सबैभन्दा ठूलो सम्बन्ध हो ।

–    तीन चिज धेरै लामो समयसम्म लुक्दैन । सूर्य, चन्द्रमा र सत्य ।

–    आफ्नो मोक्षको लागि स्वयम् प्रयास गर । अर्कामा निर्भर नगर ।

–    घृणा, घृणाले होइन प्रेमले अन्त्या हुन्छ । यो शाश्वत सत्य हो ।

–    बिना स्वास्थ्य जीवन, जीवन होइन । केवल एक पीडाको स्थिती हो । मृत्युको छवी हो ।

–    हरेक कुरामा सन्देह गर । स्वयम् आफ्नो प्रकाश खोज ।

–    सत्यको मार्गमा चलिरहेको व्यक्तिले केवल दुई गल्ती गर्न सक्छन् । एक, पुरा बाटो तय नगर्ने । अर्को, यसको सुरुवात पनि नगर्ने ।

–    चाहे तिमी जतिसुकै पवित्र शब्द पढ वा बोल । त्यसले तिमीलाई के भलो गर्छ, जबसम्म त्यसलाई उपयोग गर्दैनौं ।

–    इच्छा कहिल्यै अन्त्य हुँदैन । यदि तिम्रो एउटा इच्छा पुरा भयो भने, दोस्रो इच्छा तुरुन्तै जन्मन्छ ।

–    शंका गर्ने बानी सबैभन्दा खतरनाक हुन्छ । शंकाले मानिसलाई अलग गराउँछ । यसले दुई मिलनसार साथी वा कुनै राम्रो सम्बन्धलाई बर्बाद गर्छ ।

–    अज्ञानी मानिस एक बेल समान हुन् । उनी ज्ञानमा होइन, आकारमा बढ्छ ।

–    ईर्ष्या र गुनासोको आगोमा जलिरहेका मानिसमा खुसी र हासोको स्थान हुनसक्दैन । यदि तपाई अध्याँरोमा डुबिरहनुभएको छ भने, उज्यालोको खोजी किन   गर्नुहुँदैन ?

–    एक जागेका व्यक्तिलाई रात निकै लामो लाग्छ, एक थकित व्यक्तिलाई गन्तव्य धेरै टाढा लाग्छ । यसै किसिमले सच्चा धर्मबाट बेखबर मूखका लागि जीवन-मृत्युको      सिलसिला उत्तिनै लामो लाग्छ ।

–   जिब्रो भनेको धारिलो चक्कु जस्तै हो । यसले रगत ननिकाली घाउ बनाउँछ ।

–    खासमा जो गुनासोयुक्त विचारले मुक्त हुन्छन्, उनको जीवनमा शान्ति मिल्छ ।

–    म कहिल्यै देख्दिन के गरियो । म केवल यो देख्छु कि, के गर्न बाँकी छ ।

–    मन पनि मानसिक अवस्थाभन्दा माथि हुन्छ ।

–    तपाई आफ्नो रिसको कारण दण्डित हुनुभएको छैन । तपाई आफ्नो रिसद्वारा दण्डित हुनुभएको छ ।

–    मन सबैथोक हो । जसरी तिमी सोच्छौं, त्यस्तै बन्छ ।

–    सबै व्यक्तिलाई सजायदेखि डर लाग्छ । सबै मृत्युदेखि डराउँछन् । बाँकी व्यक्ति तथा प्राणी पनि तिमीजस्तै हो । कसैलाई दुख नदेउ, कसैलाई नमार ।

–    सबै नराम्रो कुराबाट टाढा रहनका लागि राम्रो कुराको विकास गरौं । आफ्नो मनमा राम्रो विचार राखौं ।

–   लक्ष्यमा पुग्नुभन्दा जरुरी भनेको राम्रोसँग यात्रा गर्नु हो ।

–   शान्ति मन भित्रैबाट आउँछ, बाहिर नखोज्नुहोस् ।

–   खुसी आफूसित धेरै हुनुमा होइन बाँड्नुमा धेरै खुसी मिल्ने गर्छ ।

–   एक जग पानी थोपा-थोपा मिलेर भरिन्छ ।

–   अरुको बाटो उज्यालो बनाएपछि मात्र तपाईको पनि बाटो उज्यालाे हुन्छ ।

–   प्रयोग नगरुन्जेलसम्म तपाईले बोलेका,सिकेका र पढेका वाक्य बेकार हुन्छन् ।

–  जुन बेला तपाईले सबै सहयोग अस्वीकार गर्नुहुन्छ त्यो बेला तपाई मुक्त बन्नुहुन्छ ।

–  रिस पालेर राख्नु भनेको विष पिएर अरु मर्ने आश गर्नु हो ।

  भुतकाल बितिसक्यो, भविष्य अझै आएको छैन,तिमीसँग जीउनको लागि मात्र एक क्षण छ ।

–  तपाईले बाटो परिवर्तन गर्नु भएन भने त्यहिँ पुग्नुहुन्छ जहाँ तपाई गइरहनु भएको छ ।

–  हामीलाई अरु कसैले बचाउन सक्दैन । हामीलाई बचाउने भनेको हामी आफू स्वयंमले हो ।

–  आफैलाई जित्नु अरुलाई जित्नुभन्दा ठूलो काम हो ।

–  सबै भन्दा अध्याँरो रात अज्ञानता हो ।

सम्बन्धित शीर्षक

आज दुई हजार ५६५ औँ बुद्ध जयन्ती मनाइँदै

आज २५६५औँ बुद्ध जयन्ती, लुम्बिनीमा दीप प्रज्वलन गरिँदै

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्