देशभर १ लाख ११ हजार अक्सिजन सिलिन्डर

कोरोना महामारीबीच अक्सिजन अभाव भइरहेकै बेला देशभर १ लाख ११ हजार ३ सय ६४ सिलिन्डर पाइएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार उपत्यकाभित्रका १० उद्योग र बाहिर १९ उद्योगमा ठूलो ७२ हजार २ सय ५० र सानो ३९ हजार १ सय १४ गरी कुल १ लाख ११ हजार ३ सय ६४ सिलिन्डर रहेका छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका अनुसार नेपाल वायुसेवा निगमले ओमनबाट ५ सय ६० थान अक्सिजन सिलिन्डर ल्याएको छ । चीनबाट प्राप्त हुनेमध्ये १६ सय अक्सिजन सिलिन्डर लिन निगमको कार्गो उडानले १५ देखि १८ मेसम्म नियमित उडान गर्नेछ ।

प्रधानमन्त्री कार्यालयले कोभिड–१९ रोकथाम, नियन्त्रण र उपचारका लागि गत ३१ वैशाखमा ३ करोड ७७ लाख ४३ हजार ४ सय ३२ बराबरका २६ लाख १३ हजार १६ थान मेडिकल उपकरण र ५७ लाख ५७ हजार ६ सय ९६ बराबरका अक्सिजन तथा औषधि पैठारी भएको जनाएको छ । यो समाचार आजको राजधानी दैनिकमा छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्