सिइडिबी हाइड्रोपावरको आइपिओ बाँडफाँट, यसरी हेर्न सकिन्छ

काठमाडौँ – सिइडिबी हाइड्रोपावरको प्राथमिक सेयर (आइपिओ) बाँडफाँट भएको छ ।

बिक्री प्रवन्धक सनराइज क्यापिटलले आइपिओ बाँडफाँट गरेको हो । सो आइपिओ २ लाख ३४ हजार १९५ जना आवेदकले पाएका छन् । तीमध्येबाटै ४ जनाले ११ कित्ताका दरले पाएका छन् भने अरुले १० कित्ताका दरले पाएका छन् । बाँकी १४ लाख ५१ हजार ४३२ आवेदकको हात रित्तो भएको छ । ४ हजार ४४२ वटा आवेदन रद्द भएको छ ।

आवेदकले नतिजा आइपिओरिजल्ट डट् सिडिएससी डट कम डट एनपीबाट हेर्न सक्नेछन् । शुक्रबार साँझबाट मात्रै नतिजा हेर्न सकिने बिक्री प्रवन्धक सनराइज क्यापिटलले जनाएको छ ।कम्पनीको प्रतिसेयर आम्दानी १३ रुपैयाँ छ भने प्रतिसेयर खुद सम्पत्ति १३८ रुपैयाँ ७९ पैसा छ । कम्पनीले यस आइपिओबाट प्राप्त गर्ने रकम ५ मेगावाट क्षमताको रुकुम गाड जलविद्युत आयोजनामा लगाउनेछ ।

सो आयोजनामा १ अर्ब १४ करोड ९६ लाख रुपैयाँ लगानी लाग्ने अनुमान छ । यसमा प्रतिमेगावाट २२ करोड ९९ लाख रुपैयाँ लागत पर्नेछ ।

लगानी फिर्ता हुन ७‍. ७६ वर्ष लाग्नेछ । केयर रेटिङ नेपालले कम्पनीलाई एनपी बीबी रेटिङ प्रदान गरेको छ । जसले दायित्व वहन गर्न कम्पनी औसत स्तरमा रहेको जनाउँछ ।

 

 

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्