दार्चुलाको शैल्यशिखरमा २५ बेडको आइसोलेसन निर्माण

दार्चुला – दार्चुलाको शैल्यशिखर नगरपालिकामा २५ बेडको आइसोलेसन निर्माण गरिएको छ ।
नगरपालिकाले २५ बेडको आइसोलेसन तयार गरेको र उक्त आइसोलेसन साविकको गोकुलेश्व्र क्याम्पससँगै रहेको साविकको नगरपालिका कार्यालयमा रहेको छ ।
अक्सिजन, शौचालय, खानेपानी लगायत आवश्यक पुर्वाधारको व्यवस्था समेत गरिएको सुविधासम्पन्न आइसोलेसनमा बस्ने बिरामीहरुको चाप हेरेर बेड थप गरिने नगरपालिकाका मेयर अमरसिँह धामीले बताए ।
जिल्लाभरी कोरोना संक्रमित फेला परेपछि कोरोना उपचार, रोकथाम तथा नियन्त्रणका लागि विभिन्न प्रयासहरु भइरहेका छन् । यसैलाई मध्यनजर गर्दै शैल्यशिखर नगरपालिकाले आइसोलेसन कक्ष निर्माण गरेको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्