नेता नेपाल लगायतले राजीनामा दिने कुरा चर्चाको विषय मात्रै : नेम्वाङ

File Photo

काठमाडौं – नेकपा एमाले स्थायी कमिटी सदस्य सुवास नेम्वाङले एमाले नेता माधवकुमार नेपाल लगायतका नेताहरुले सामूहिक राजीनामा दिने कुरा चर्चा विषय मात्रै भएको बताउनुभएको छ । आइतबार नेता नेपालसँगको भेटपछि उहाँले आफूहरुले पनि नेता नेपालसँग राजीनामाको विषयमा कुरा उठाएको तर यस विषयमा नेता नेपाल पनि अनभिज्ञ हुनुहुन्छ, नेम्वाङ बताउनुहुन्छ ।
नेता नेम्वाङले नेता नेपाल लगायतको सामूहिक राजीनामाबारे आफूले केहीपनि नसुनेको कुरा सञ्चारमाध्यममार्फत मात्रै चर्चा भएको दोहो¥याउनुभयो । नमिलेका कुराहरु वार्ता र छलफलमार्फत टुंगोमा पुग्ने पनि एमाले नेताले दाबी गर्नुभएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्