देउवा भेट्न महन्थ र राजेन्द्र बूढानीलकण्ठमा

काठमाडौं – जनता समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर तथा वरिष्ठ नेता राजेन्द्र महतो काँग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न उहाँको निवास बूढानीलकण्ठ पुगेका छन् ।
प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले भोलि सदनमा लिने विश्वासको मतका समर्थन जुटाउन ठाकुर महतो समेतलाई लिएर बूढानीलकण्ठ पुगेका हुन । प्रधानमन्त्री ओलीको विश्वास मतको पक्षमा रहेका अध्यक्ष ठाकुर रहेका छन् ।

तर जसपा नेपालमै भने प्रधानमन्त्री ओलीको विश्वासको मतको बारेमा पार्टीमा दुईटा धार छ । जसपा नेपालका अर्का अध्यक्ष उपेन्द्र यादव प्रधानमन्त्री ओलीको विपक्षमा छन् भने अध्यक्ष महन्थ ठाकुर पक्षमा छन् ।

प्रधानमन्त्री ओलीलाई विश्वासको मत प्राप्त नहुने अवस्था आएमा जसपा नेपालका अध्यक्ष ठाकुर पक्ष तटस्थ बस्ने सोच पनि बनाएको छ।
स्रोतका अनुसार प्रधानमन्त्री ओलीले नै विश्वासको मत प्राप्त नहुने अवस्थामा आए जसपा नेपाल तटस्थ बस्दा नै राम्रो हुने सुझाव दिएको एक वरिष्ठ नेताले बताए ।

यस्तो अवस्थामा तटस्थ बस्नका लागि महन्थ ठाकुर पक्षका नेताहरुले उपेन्द्र यादवलाई पनि दवाव दिइरहेका छन् ।
यसअघि अध्यक्ष उपेन्द्र यादवले पनि देउवासँग छलफल गरिसकेका छन् । सभापति देउवाले प्रधानमन्त्री ओलीलाई समर्थन नगर्ने भनिसकेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्