पूर्वरानी कोमल राज्यलक्ष्मी शाहको स्वास्थ्यमा सुधार

काठमाडौँ – कोरोना संक्रमित पूर्वरानी कोमल राज्यलक्ष्मी शाहको स्वास्थ्यमा सुधार आएको छ ।

स्वास्थ्यमा सुधार आएसँगै उनलाई आइसियूबाट साधारण बेड (स्पेसल क्याबिन) मा सारिएको उपचारमा संलग्न नर्भिक इन्टरनेसनल अस्पतालले जनाएको छ ।

पूर्वरानी कोमल कोरोना संक्रमण भएपछि वैशाख ७ गतेबाट नर्भिक इन्टरनेसनल अस्पताल भर्ना भएकी थिइन् ।

उनलाई श्वासप्रश्वासमा अत्यधिक समस्या देखिएपछि आइसियू भर्ना गरिएको थियो । आइसियूमा रहँदा कोमललाई प्रतिमिनेट १० लिटरसम्म अक्सिजन दिइएको थियो । भारतको हरिद्वारमा भएको कुम्भमेलामा सहभागी भएर फर्किएपछि पूर्वराजा ज्ञानेन्द्र शाह, पूर्वरानी कोमललाई कोरोना संक्रमण भएको थियो ।

पूर्वराजा, पूर्वरानीसँगै पूर्वअधिराजकुमारी प्रेरणा शाह कोरोना संक्रमण भएपछि नर्भिक अस्पताल भर्ना भएका थिए ।

पूर्वराजा र पूर्वअधिराजकुमारी प्रेरणाको स्वास्थ्य सामान्य छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्