अक्सिजन पुर्‍याउन सकिदैन, आफै जोहो गर्नु

रुपन्देही – भैरहवाको भीम अस्पतालले कोरोना संक्रमितहरुलाई अक्सिजन पु¥याउन नसकिने बताएको छ । अस्पताल प्रशासनले शुक्रबार दिउँसो सूचना निकालेर संक्रमितको अत्यधिक चाप भएकाले भर्ना भएका बिरामीलाई अक्सिजन पु¥याउन नसकिने अवस्था आएको बताएको हो । बिरामीका आफन्तलाई अक्सिजनको आफैं जोहो गर्न पनि अस्पतालले आग्रह गरेको छ

अस्पतालमा ६३ एचडीयू र ५ आईसीयूसहित ६८ बेडमा कोरोना संक्रमितको उपचार भइरहेको छ । अस्पतालका सूचना अधिकारी डा. नारायण पोखरेलका अनुसार दैनिक ४०० सिलिण्डर अक्सिजन आवश्यक पर्ने भएपनि २०० सिलिण्डर मात्र आपूर्ति भइरहेको छ ।

REED

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्