बाँकेमा थप ४ जना कोरोना संक्रमितको मृत्यु

सांकेतिक तस्बिर

काठमाडौं – कोहलपुर स्थित नेपालगञ्ज मेडिकल कलेजमा सोमबार राति र मंगलबार बिहान गरी थप ४ जनाको मृत्यु भएको छ । एक महिलासहित ४ जना कोरोना संक्रमितको मृत्यु भएको बाँकेका कोरोना सम्पर्क व्यक्ति तेज वलीले बताए ।

उनका अनुसार मृत्यु हुनेमा बर्दगोरिया ६ कैलालीका ८० वर्षीय पुरुष छन् । उनलाई वैशाख १४ गते कोरोना संक्रमण पुष्टि भएपछि १५ गते अस्पताल भर्ना गरिएको थियो । उनको सोमबार राति ११ः५० मा निधन भएको हो ।

त्यस्तै, नेपालगन्ज उमनपा १० स्थायी वासिन्दा ७० वर्षीया वृद्धको सोमबार राति ११ः ४० मा मृत्यु भएको छ । वैशाख १८ गते अस्पताल भर्ना भएका उनको १७ गते पीसीआर परीक्षण गर्दा उनमा कोरोना पुष्टि भएको थियो ।

धनगढी १८ कैलालीका ५५ वर्षीय पुरुषको पनि मंगलबार मृत्यु भएको छ । उनी वैशाख १९ गते कोरोना पुष्टि भएपछि २० गते अस्पताल भर्ना भएका थिए ।

मंगलबार बिहान बैजनाथ गाउँपालिका ५ की ६२ वर्षीया महिलाको पनि कोरोनाका कारण मृत्यु भएको छ । उनी पनि १९ गते कोरोना संक्रमण पुष्टि भएपछि वैशाख २० गते अस्पताल भर्ना भएकी थिइन् ।

योसँगै बाँके जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेमा बाँके जिल्लाका १४१ जना रहेका छन् भने बाहिरी जिल्लाबाट बाँकेमा आएर मृत्यु हुनेको संख्या १२५ जना रहेको ओलीले जानकारी दिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्