रेम्डिसिभिर औषधि बढी मूल्यमा बेचेको पाइएमा कारबाही

काठमाण्डौ – औषधि व्यवस्था विभागले कोभिड–१९ का बिरामीका लागि प्रयोग हुने औषधि रेम्डिसिभिर औषधि बढी मूल्यमा बेचेको पाइएमा कारबाही गर्ने भएको छ ।

विभागका महानिर्देशक वसन्त भट्टराईले सूचना जारी गर्दै रेम्डिसिभिर औषधि बढी मूल्यमा बेचेको जनगुनासो आएकाले कारबाही गरिने बताए ।

उनले सङ्क्रमण फैलिरहेका अवस्थामा बिरामीका लागि प्रयोग हुने रेम्डिसिभिर औषधिको कृत्रिम अभाव गरेर न्यूनतम मानवीय संवेदनासमेत ख्याल नगरि अधिकतम खुद्रा मूल्यभन्दा बढीमा बिक्री गर्नेलाई कारबाही गरिने बताए ।

विभागले अधिकतम खुद्रा मूल्यभन्दा बढीमा बिक्रीवितरण नगर्न÷नगराउन तथा तोकेको खुद्रा मूल्यभन्दा बढीमा खरिद नगर्न सबैमा आग्रहसमेत गरेको छ । अहिले सङ्क्रमण बढिरहेका अवस्थामा रेम्डिसिभिरलाई बढी मूल्यमा बेच्ने गरेको पाइएको छ । रेम्डिसिभिरको एक मात्राका लागि करिब पाँच हजार रुपैयाँ पर्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्