छ्याङ्दी हाइड्रोपावर लिमिटेडले हकप्रद शेयर निष्काशन गर्दै

काठमाडौँ – छ्याङ्दी हाइड्रोपावर लिमिटेड हकप्रद शेयर निष्काशनको अनुमति माग्दै नेपाल धितोपत्र बोर्ड पुगेको छ ।

कम्पनीले १० बराबर ३ अनुपातमा हकप्रद शेयर निष्काशन गर्न अनुमति मागेको हो । यस अनुसार कम्पनीले ८ करोड ९३ लाख २ हजार ५०० रुपैयाँ बराबरको प्रतिकित्ता १०० अंकित दरका ८ लाख ९३ हजार २५ कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ ।

कम्पनीले बैशाख १५ गते बोर्डमा सो बराबरको हकप्रद शेयर निष्काशनका लागि आवेदन दिएको हो ।

हकप्रद शेयर निष्काशन प्रयोजनार्थ कम्पनीले ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्