पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्र ३५ सय बढी कोरोना संक्रमित फेला

पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ३५ सय बढी संक्रमित फेला परेका छन् । एकै दिनमा काठमाडौँ उपत्यकामा ३५ सय ९५ संक्रमित फेला परेका हुन् । यसमध्ये काठमाडौँ जिल्लामा मात्र २७ सय ४४ जना रहेका छन् भने ललितपुरमा ५५० र भक्तपुरमा ३०१ जना संक्रमित रहेका छन् ।

पछिल्लो २४ घण्टामा नेपालभर थप ७२११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट ७१३४ र एन्टिजेन विधिबाट ७४ जनामा संक्रमण पुष्टि भएको हो । यो नेपालमा एक दिनमा भेटिएको अहिलेसम्मकै सबैभन्दा धेरै संक्रमित हो । शनिबार मात्र नयाँ संक्रमितको संख्यामा रेकर्ड ५७६३ संक्रमित फेला परेका थिए । एकै दिनमा यो रेकर्ड तोडिएको हो । योसँगै नेपालमा कूल संक्रमितको संख्या ३ लाख ३६ हजार ३० पुगेको छ ।

यही अवधिमा थप १ हजार ६१२ जना निको पनि भएका छन् । नेपालमा हालसम्म २ लाख ८३ हजार ९९४ जना संक्रमित निको भइसकेका छन् ।  पछिल्लो २४ घण्टामा २७ जनाको मृत्यु भएको छ । हालसम्म ३३ सय २५ जनाले ज्यान गुमाइसकेका मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्