बेदकोट नगरपालिकाका प्रमुख चन्दलाई कोरोना संक्रमण, स्वास्थ्य अवस्था सामान्य

कोभिड–१९ (कोरोना भाइरस) नियन्त्रण, रोकथाम तथा संक्रमितको उपचारका लागि समन्वय तथा सहयोग गर्नमा रातदिन खटिरहनुभएका बेदकोट नगरपालिकाका नगर प्रमुख अशोक कुमार चन्द स्वयम कोरोना संक्रमित हुनुभएको छ । उहाँले आफ्नो फेसबुक मार्फत आफु संक्रमित भएको सार्वजनिक गर्नुभएको छ ।
उहाँले लेख्नुभएको छ “आज बेदकोट नगरपालिकाको कार्यालयमा कोभिड १९ को रोकथाम नियन्त्रण र उपचार सम्बन्धमा कार्य गरिरहदै गर्दा दिउँसो ३ : २० बजे कोभिड १९ संक्रमण भएको नतिजा प्राप्त भएको छ । मेरो स्वास्थ्य अवस्था सामान्य रहेको छ, सामान्य खोकी र जिउ दुख्ने गरेको छ। । म आइसोलेसनमा बसेको छु। यस बीचमा हामीसँग सम्पर्कमा आउनु भएका महानुभावहरुलाई आवश्यक सावधानी र सजगता अपनाउनु हुन अनुरोध गर्दछु।”
संक्रमित भएका कारण केहिदिन आइसोलुसनमा बस्ने समेत जानकारी गराउनुभएको छ । घरमै आइसोलुसनमा बस्नुभएका मेयर चन्दको अवस्था अहिले सामान्य रहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्