दार्चुलाको महाकालीमा एकै दिन २३ जना कोरोना पुष्टि, एक हप्ताका लागि निषेधाज्ञा

दार्चुला – दार्चुलाको महाकाली नगरपालिकामा एक हप्ताका लागि निषेधाज्ञा जारी गरिएको छ ।

नगरपालिका भित्र एन्टिजेन परीक्षण गर्दा कोरोना संक्रमण देखिएकाले सात दिनका लागि निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ ।

महाकाली नगरपालिकाको सिफारिसमा स्थानीय प्रशासन ऐन २०२८ र संक्रामक रोग ऐन २०२० अनुसार वैशाख १९ गते विहान ६ बजेदेखि वैशाख २५ गते बेलुकी ६ बजेसम्मका लागि महाकाली नगरपालिकाभित्र निषेधाज्ञा जारी गरिएको हो ।

यसअघि शैल्यशिखर नगरपालिका, मार्मा गाउँपालिका र व्यास गाउँपालिका वडा नम्बर ६ मा एक हप्ताका लागि निषेधाज्ञा जारी गरिएको छ ।

शनिबार दार्चुलाको महाकाली नगरपालिकामा ४८ जनाको कोरोना परीक्षण गर्दा २३ जनामा संक्रमण पुष्टि भएको छ । नगरपालिकाको धाप, दत्तु र काट्टैमा ४८ जनाको एन्टिजेन परीक्षण गरिएको थियो । परीक्षण गरिएका ४८ जनामध्ये २३ जनामा कोरोना पोजेटिभ रिपोर्ट आएको जिल्ला स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ ।

यसअघि शुक्रबारसम्म दार्चुलामा २७ जना कोरोनाका संक्रिय संक्रमित रहेका थिए । महाकालीमा २३ जना थपिएसंगै दार्चुलामा संक्रिय संक्रमितको संख्या ५० पुगेको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्