आफ्नै श्रीमती र २ जना भाइबाट एक युवकको हत्या

काठमाडौँ – धनुषाको हंसपुर नगरपालिकामा एक युवाको हत्या भएको छ । आफ्नै श्रीमती र दुई जना भाइबाट उनको हत्या भएको हो ।

गए राति २ बजे हंसपुर नगरपालिका–६ टिल्हीका २५ वर्षीय शम्भु मण्डलको हत्या भएको हो । प्रहरीका अनुसार हत्यामा संलग्न उनकै श्रीमती २३ वर्षीया सुशीलादेवी मण्डल, भाइहरू जय र अनिल मण्डल संलग्न छन् । उनीहरू सबै फरार भएको प्रहरीले जनाएको छ ।

राति २ बजेतिर उनीहरूले घरायसी विवादमा शम्भुमाथि धारिलो हतियार प्रहार गरेका थिए । हतियार प्रहारबाट शम्भुको घटनास्थलमै मृत्यु भएको थियो ।

बिहान सवा ३ बजे जानकारी आएपछि प्रहरी पुग्दा शव भुइँमा फेला परेको थियो । मृतकको शरीरमा दाउ, चक्कुको प्रहार देखिएको प्रहरीले जनाएको छ ।

उनीहरूबीच के वादविवाद थियो भन्ने खुलि सकेको छैन । मृतकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल धनुषामा लगिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्