१५ वर्ष अघि हराइ रहेको हेलिकप्टर र मानव अवशेष भेटियो

काठमाडौं –  नेपाली सेनाले हिमाल सफाईको क्रममा १५ वर्ष अघि हराइ रहेको हेलिकप्टर र मानव अवशेष भेटिएको बताएको छ । सेनाले आज एक प्रेस विज्ञप्ति जारी गर्दै सफा हिमाल अभियान २०२१ को दौरानमा मानव अवशेष तथा हेलिकप्टरको अवशेष फेला परेको बताएको हो । हिजो धबलागिरी बेसक्याम्प देखि २०० मिटर दक्षिणतर्फ माउण्टेन ईक्युपमेन्ट सहितका दुई वटा मानव अवशेष र सोही बेस क्याम्पबाट अन्दाजी १ किमी ईटालि वेस क्याम्पतर्फ ९ एन ए सी आर लेखेको हेलिकप्टरको अवशेष समेत समेत फेला परेको सेनाले बताएको छ । मृतकहरुको पहिचान नखुलेकाले यस सम्बन्धमा थप छानविन भइरहेको सेनाले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्