सशस्त्रमा दुबै एआईजीको पदावधि एक वर्ष थपियो, कसलाई फाइदा ?

सशस्त्र प्रहरी बलका दुबै जना अतिरिक्त महानिरीक्षक (एआईजी)को एक वर्ष पदावधि थप भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तिम समयमा दुबै एआईजीको एक वर्ष पदावधि थप्न प्रक्रिया अघि बढाउन गृहमन्त्री रामबहादुर थापा र गृहसचिव महेश्वर न्यौपानेलाई आज सोमबार निर्देशन दिएलगत्तै बसेको मन्त्रिपरिषद बैठकले दुबैको म्याद थपेको हो ।

सशस्त्र प्रहरी बलमा पुष्पराम केसी र रामशरण पौडेल एआईजी छन् । उनीहरुको पदावधि थप्ने र नथप्ने विषयलाई लिएर शक्तिकेन्द्रबीच चर्को लविङ हुँदै आएको थियो । सशस्त्र प्रहरीमा एआईजी र नायव महानिरीक्षक (डीआईजी) को पदावधि चाररचार वर्ष रहेको छ । सशस्त्र प्रहरी नियमावली २०७२ को खण्ड ६४ को नियम २ को उपनियम १ मा भने एआईजी र डीआईजीको पदावधि एक वर्ष थप्न सकिने उल्लेख छ ।

म्याद थप गरिएका दुबै जना एआईजी आईजीपी शैलेन्द्र खनालका व्याची हुन् । एक वर्ष म्याद थप भएकाले अब खनालपछि केसी थोरै समय सशस्त्रको नेतृत्वमा पुग्नेछन् । आईजीपी खनालको चार बर्से कार्यकाल आगामी २८ चैतमा सकिदै छ । त्यसपछि अर्को वर्षको २० वैशाखसम्म केसी आईजीपी बन्नेछन् । आजको राजधानी दैनिकमा समाचार छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्