गौरीफन्टा नाका भएर बिहीबार भारतबाट फर्किएका ६२ जनामा कोरोना पुष्टि

गौरीफन्टा नाका भएर बिहीबार भारतबाट फर्किएका ६२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । शङ्कास्पद् ४१८ जनाको एन्टिजेन विधिबाट स्वास्थ्य परीक्षण गर्दा ६२ जनामा कोरोना सङ्क्रमण रहेको पुष्टि भएको हो । जम्मा परीक्षण गरिएकोमध्ये एकैदिन १४.८३ व्यक्तिमा सङ्क्रमण पुष्टि भएको हो।

गौरीफन्टा नाकाबाट हालसम्म आएकामध्ये १० हजार ४१८ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको छ । सो नाकामा गरिएको परीक्षणमामात्रै सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या एक हजार १२ पुगेको जनाइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्