मुम्बईलाई ६ विकेटले पराजित गर्दै दिल्लीको तेस्रो जित दर्ता

काठमाण्डौ – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली क्यापिटल्स बिजयी भएको छ । मंगलबार साँझ चेन्नईमा भएको खेलमा दिल्लीले तेस्रो जित दर्ता गरेको हो ।

दिल्लीले मुम्बई इन्डियन्सलाई ६ विकेटले पराजित गरेको हो । मुम्बई इन्डियन्सले दिएको १३८ रनको लक्ष दिल्ली क्यापिटल्सले ४ विकेट गुमाएर पूरा गरेको हो । मुम्बई इन्डियन्सले पुरै ओभरको खेलमा ९ विकेट गुमाएर १३७ रन बनाएपछि दिल्ली क्यापिटल्सले १३८ रनको लक्ष पाएको थियो ।

जवाफी ब्याटिङ गरेको दिल्ली क्यापिटल्सले ४ विकेटको खेल सकिँदा नै लक्ष भेट्टाएपछि ६ विकेटले विजयी भएको हो । दिल्लीलाई जिताउनका लागि सबैभन्दा धेरै शिखर धवनले ४५ र स्टेभन स्मिथले ३३ रन जोडेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्