बैतडीका सबै पालिका सडक संजालसँग जोडिए

बैतडी – बैतडीका सबै स्थानीय तहहरु सडक संजालमा जोडिएका छन् ।

बैतडीको दुर्गम क्षेत्र मानिने सिगास गाउँपालिकाको केन्द्र गर्जेमा सडक पुगे पछि सबै पालिकाहरु सडक संजालमा जोडिएका हुन् । बैतडीको पाटन नगरपालिका ८ को बिप्याकटालदेखि डडेल्धुराको बेलापुर हुँदै सिगास गाँउपालिकाको केन्द्रसम्म सडक पुगेको हो ।

गाउँपालिकाको केन्द्रमा सडक पुगेपछि स्थानीयवासी हर्षित भएका छन् । गाउँपालिकाको केन्द्रमा सडक पुगेसँगै अन्य विकास निर्माणका काममा समेत सहज हुने गाउँपालिकाकाले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्