काठमाडौँको नार्गाजुन नगरपालिकामा एम्बुलेन्स सेवा सूचारु, दुईवटा एम्बुलेन्सको आज उद्घाटन

काठमाडौँ– काठमाडौँको नार्गाजुन नगरपालिकाले नगरवासीलाई स्वास्थ्य सेवाको पहुँचमा ल्याउन सहज होस् भन्ने उद्देश्यले एम्बुलेन्स सेवा दिने भएको छ । विश्व महामारीको रुपमा फैलिएको कोभिड–१९ (कोरोना भाइरस) को संक्रमणलाइ मध्यनजर गरी तथा अन्य स्वास्थ्य सेवासँग जोड्नको लागी नगरपालिकाले एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको हो । मंगलबार नगरपालिकामा एक कार्यक्रमकाबीच नगर प्रमुख मोहन बस्नेतले दुईवटा एम्बुलेन्स उद्घाटन गर्नुभएको हो ।
नगरपालिकाको आन्तरिक आयस्रोतबाट संकलन भएको बजेटबाट एम्बुलेन्स खरिद गरिएको प्रमुख बस्नेतले बताउनुभयो । नगरपालिकाको २१ लाख बजेटमा दुईवटा एम्बुलेन्स खरिद गरि आजबाट एम्बुलेन्स सेवा सुरुवात भएको प्रमुख बस्नेतले बताउनुभयो । टेण्डर प्रक्रियाबाट खरिद गरिएको एम्बुलेन्स घटिघटाउमा २१ लाख पर्न गएको समेत उहाँले प्रष्ट पार्नुभयो ।
नगरवासीलाई स्वास्थ्य शाखा, वडा अध्यक्ष तथा एम्बुलेन्स चालकको सम्पर्क नम्बर दिएर उहाँहरुले सिधै सम्पर्क गरेर एम्बुलेन्स सेवा लिन सक्नेछन् । नगरपालिकाले एम्बुलेन्स चालकको रुपमा ३ जना चालक समेत नियुक्त गरिसकेको छ । न्यूनतम पारिश्रमिक दिएर चालक नियुक्त गरेको नगरपालिकाले जनाएको छ । नगरवासीलाई न्यूनतम शुल्क लिएर एम्बुलेन्स सेवा दिने र अन्य बाँकि नियमहरु बोर्ड बैठकबाट टुंगो लगाउने नगरपालिकाले जनाएको छ ।
उक्त उद्घाटन कार्यक्रममा नगर प्रमुख बस्नेत, उप प्रमुख सुशीला अधिकारी, प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र थापा मगर, लेखा अधिृकत कपिल प्रसाद पौडेल, योजना तथा प्रशासन शाखा प्रमुख नारायण प्रसाद तिमल्सिना, अन्य कर्मचारी लगायत वडा अध्यक्षहरुको सहभागिता रहेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्