माओवादी केन्द्रको स्थायी कमिटीको बैठक आज बस्दै

काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को स्थायी कमिटीको बैठक सोमबार (आज) बस्ने भएको छ ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो १ बजेका लागि बैठक बोलाइएको छ ।

समसामयिक राजनीतिक विषय र पार्टीको आगामी योजनाबारे छलफल गर्न बैठक बोलाइएको माओवादी केन्द्रले जनाएको छ । माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी समेत गरेको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्