२५ जनाभन्दा बढी भेला नहुन स्वास्थ्य मन्त्रालयको आह्वान

काठमाडौं – देशमा बढ्दो कोरोना संक्रमणबाट जोगिन २५ जनाभन्दा बढी व्यक्ति एकै ठाउँमा भेला नहुन स्वास्थ्य मन्त्रालयले सबैलाई सतर्क गराएको छ । त्यस्ता जमघटकै कारण भाइरस फेलिएर फेरि महामारीको रुप लिन सकने भएकोले भेला र जमघट आदि नगर्न मन्त्रालयले आह्वान गरेको हो ।

यसैबीच हिजो देशभर थप २८८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । हालसम्म देशभर कोरोना संक्रमितको संख्या २ लाख ७९ हजार ३८८ जना पुगेको छ । तीमध्ये २ लाख ७३ हजार ७३५ जना संक्रमणमुक्त भएका छन् भने ३०३८ जनाको मृत्यु भएको छ ।

हाल देशभर २६१५ जना कोरोना भाइरसका सक्रिय संक्रमित रहेका छन् । त्यस्तै नेपाल प्रवेश नाकामा गरिएको एन्टिजेन परीक्षणमा ५२ जनाको नतिजा पोजेटिभ देखिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्