नेपालमा कोरोना भाइरसका २६६ जना सङ्क्रमित थपिए

काठमाडौं – नेपालमा कोरोना भाइरसका २६६ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा चार हजार ५३६ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा १७६ जनामा सङ्क्रमणको पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित अद्यावधिक गर्दै सो कुरा बताउनुभएको हो । पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाका कुल सङ्क्रमितको संख्या दुई लाख ७८ हजार २१० पुगेको छ ।

पछिल्लो चौबीस घण्टामा १०२ जना सङ्क्रमित निको भएका छन् । योसँगै दुई लाख ७३ हजार ३४२ जना सङ्क्रमित निको भइसकेका छन् । मन्त्रालयका अनुसार हाल एक हजार ६७२ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ ।

पछिल्लो चौबीस घण्टामा दुइजनाको मृत्यु भएको छ । योसँगै नेपालमा तीनहजार ३६ जना सङ्क्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्