बिपीएच अध्ययनरत विद्यार्थीहरुद्वारा आठबीस-४ दैलेखमा सामुदायिक स्वास्थ्य निरुपण प्राथमिक तथ्यांक प्रस्तुत

काठमाण्डौ –  कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा अध्यनरत विद्यार्थीहरुले स्वास्थ्य सम्बन्धी तथ्यांक संकलन गरेका छन् । मंगलबार जनस्वास्थ्य महाविद्यालय अन्तर्गत जनस्वास्थ्य निरुपण कार्यक्रम अन्तर्गत तथ्यांक प्रस्तुतिकरण गरेको हो । बि.पी.एच. अध्ययनरत विद्यार्थीहरुद्वारा सामुदायिक स्वास्थ्य निरुपण कार्यक्रम अन्तर्गत उक्त तथ्यांक प्रस्तुत गरेको छ ।
कर्णाली प्रदेशको विकट जिल्लाको रुपमा मानिने दैलेख जिल्लाको आठबीस नगरपालिका वडा नं. ४ राकममा उक्त तथ्यांक प्रस्तुत गरेको हो । मंगलबार वडा नं. ४ का वडा अध्यक्ष रण बहादुर माझीको अध्यक्षता तथा आठबीस नगरपालिकाका उप प्रमुख दिपा बोहराको प्रमुख आथित्यतामा एक औपचारीक कार्यक्रमको आयोजना गरी प्राथमिक विश्लेषण कार्यक्रम आयोजना गरेको आठबीस नगरपालिकामा सामुदायिक स्वास्थ्य निरुपणमा रहेको समुह ‘बी’ का नेतृत्वकर्ता निरन्जन बहादुर चन्दले बताए ।
उक्त कार्यक्रममा वडा नं. ४ मा गरिएको स्वास्थ्य सम्बन्धि नमुना सर्वेक्षणबाट विभिन्न १० वटा प्रमुख स्वास्थ्य समस्याहरु खोज अनुसन्धान गरेको छ । जसमा जीवनल बनाउने तरिका, खानेपानी शुद्धिकरण, घरबाट निस्कने फोहर व्यवस्थापन रहेको छन् । यसैगरी कम उमेरमा विवाह तथा गर्भवती हुने समस्या, घरभित्रको हावा प्रदुषण, खाद्य विविधता तथा कुपोषण सम्बन्धी समस्याहरु पत्ता लगाएको उपहार खबरलाई विद्यार्थी दिपेन्द्र जोशीले बताए ।
१ महिनाको सामुदायिक स्वास्थ्य निरुपण कार्यक्रम रहेकोमा आज २२ औँ दिनमा प्राथमिक तथ्यांक प्रस्तुत गरेको हो । ३० औँ दिन अन्तिम प्रस्तुतीकरण रहनेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्