सर्वोच्चद्वारा ऋषिराम कट्टेल अध्यक्ष रहेको नेकपाकाे पक्षमा फैसला (फैसलासहित)

काठमाडौं । सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नाम ऋषि कट्टेलले नेतृत्व गरेको पार्टीको हुने गरी रिट जारी गरेको छ ।

नेपाल कम्युनिस्ट पाटी (नेकपा)ले आफ्नो पार्टीसँग नाम जुधाएको विवादमा नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषिराम कट्टेलले दायर गर्नुभएको रिट निवेदन दिनुभएको थियो । न्यायाधीशहरू बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले निवेदकको माग अनुसार नाम कायम गर्न निर्वाचन आयोगलाई आदेश भएको छ । तत्कालीन नेकपा एमाले र नेकपा माअाेवादी एकीकरण भएपछि निर्वाचन आयोगले एकीकृत पर्टीलाइ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का रूपमा दर्ता गरेकाेमा साे खारेज गर्न रिटमा माग गरिएकाे थियाे ।

अध्यक्ष कट्टेलले निर्वाचन आयोगमा २०६९ मा नेकपाका नाममा आफूले दल दर्ता गरेको तर तत्कालीन एमाले र माओवादीबीच २०७५ साल जेठ ३ गते एकता भएर नेपाल कम्युनिस्ट पार्टी (नेकपा)कै नाममा निर्वाचन आयोगमा दल दर्ता भएको विरुद्ध रिट निवेदन दायर गर्नुभएको थियो । योसँगै प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहालले नेतृत्व गर्नुभएको पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी (नेकपा) राख्ने निर्वाचन आयोगको निर्णय खारेज भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्