हिउँदे अधिवेशन आज सुरु हुँदै

काठमाडौँ । प्रतिनिधि सभाको हिउँदे अधिवेशन आइतबार प्रारम्भ हुँदैछ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार अपराह्न ४ बजे अधिवेशनको पहिलो बैठक तोक्नुभएको छ ।

प्रतिनिधि सभा विघटन बदर गरेसँगै १३ दिनभित्र अधिवेशनको बैठक राख्न सर्वोच्चले परमादेश जारी गरेको थियो । सोहीअनुसार हिउँदे अधिवेशन प्रारम्भ हुन लागेको हो । प्रतिनिधि सभा विघटन हुँदा राष्ट्रिय सभाको हिउँदे अधिवेशन यसअघि नै प्रारम्भ भई अन्त्य भएको थियो । सङ्घीय संसद्को निर्वाचनपछि दुई सदनको फरक–फरक रूपमा अधिवेशन बसेको यो पहिलो पटक हो ।

सङ्घीय संसद् सचिवालयले पहिलो बैठकको सम्भावित कार्यसूची शनिबार प्रकाशनसमेत गरेको छ । बैठक प्रारम्भसँगै अधिवेशन आह्वानको पत्र पढेर सुनाइने छ । यस्तै मन्त्रिपरिषद् पुनर्गठनबारे राष्ट्रपति कार्यालयको पत्र पनि सदनको जानकारीका लागि पेस गरिने छ । यस्तै बैठकमा अधिवेशन नभएको अवस्थामा सरकारले जारी गरेका आठवटा अध्यादेश पनि पेस हुनेछन् ।

प्रतिनिधि सभा बैठकका एजेण्डा:

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्